Rule 9
वस्तु वा सेवाको आपूर्ति रोक्का राख्न सक्ने

(१) ऐनको दफा ३१ बमोजिम कुनै वस्तु वा सेवाको आपूर्ति वा वितरणमा रोक लगाउन अदालतबाट आदेश भएमा बोर्ड वा बजार संरक्षण अधिकृतले त्यस्तो वस्तु वा सेवासँग सम्बन्धित घर, स्थान, गोदाम, पसल, बाकस वा अन्य यस्तै चिज सिलबन्दी गरी सोको दुई प्रति मुचुल्का तयार गरी एक प्रति आफ्नो जिम्मामा राख्नु पर्नेछ र एक प्रति सम्बन्धित व्यक्ति वा प्रतिष्ठानलाई दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम सिलबन्दी गर्दा बोर्डबाट खटीजाने कर्मचारी वा बजार संरक्षण अधिकृतले कार्यालयको छाप लगाई त्यस्तो सिलबन्दीमा आफ्नो सहिछाप समेत गर्नु पर्नेछ ।